महिला विश्वकप छनोटः नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै, जित्नैपर्ने दबाब

होमल्याण्ड खबर

२०७५ फाल्गुन १५ गते, बुधबार ०८:०० मा प्रकाशित

थाईल्याण्डको बैंककमा जारी आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले आज बुधबार कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

खेल नेपाली समय अनुसार बिहान ८ः४५ बाट सुरु हुने छ ।

कुवेतलाई पराजित गर्दै नेपाल सुखद अन्त्य गर्ने लक्ष्यमा छ ।

आजै प्रतियोगिताको अन्तिम खेलमा थाइल्याण्डले युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाललाई ग्लोबल छनोटमा पुग्न कुवेतमाथि फराकिलो जितले मात्र पुग्ने छैन । नेपालको लागि थाइल्याण्ड र युएईको खेल पनि महत्वपूर्ण हुनेछ ।

आजको खेलमा थाइल्याण्ड विजयी भएमा नेपाल र युएईको आशा समाप्त हुनेछ ।

यदि नेपालले कुवेतलाई भारी अन्तरले हरायो र यूएईले थाइल्याण्डलाई झिनो अन्तरले जितेमा रन रेटका आधारमा शीर्ष स्थानमा पुग्ने टिमको टुंगो लाग्नेछ ।

थाइल्याण्ड शीर्ष स्थानमा छ भने यूएई दोस्रो स्थानमा र नेपाल तेस्रो स्थानमा छ ।