महिला विश्वकप छनोटः नेपालले कुवेतलाई दियो ११७ रनको लक्ष्य

होमल्याण्ड खबर

२०७५ फाल्गुन १५ गते, बुधबार ११:१७ मा प्रकाशित

थाईल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई ११७ रनको लक्ष्य दिएको छ ।

बुधबार बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ११७ रन बनायो ।

नेपालको लागि बिन्दु रावलले अविजित रहँदै सर्वाधिक २८ रनको योगदान दिईन् । कप्तान रुबिना क्षेत्रीले २२, नेरी थापाले १९, काजल श्रेष्ठले १८, इन्दु बर्मा र रोमा थापाले समान ७/७ रन बनाईन् । नेपालकी ओपनर सिता राना मगर र सरिता मगर सुन्य रनमा पेभेलियन फर्किए ।

बलिङतर्फ कुवेतकी मार्यम ओमर र प्रियादा मुरलीले २/२ विकेट लिए ।

प्रतियोगितामै सबैभन्दा कमजोर टोली कुवेतले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।