९ बैशाख २०८२, मंगलवार
सत्तारुढ दल नेकपाको सचिवालय पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनप्रति एक मिनेट मौन धारण गर्दै शोक प्रस्ताव पारित गरेको छ।
बिहीबार बसेको सचिवालय बैठकले शोक प्रस्ताव पारित गर्दै देशैभरका पार्टी कार्यालयमा पार्टीको झण्डा झुकाउने निर्णय गर्दै तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ।
२३ गते केन्द्रीय कार्यालय धुम्बाराहीमा श्रद्धान्जलि कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ। नेकपाले दुर्घटनामा मृत्यु भएकाहरुको परिवारको आर्थिक अवस्था हेरेर सहयोग गर्न पनि सरकारलाई आग्रह गरेको छ ।