१ मंसिर २०८१, शनिबार
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घरमा पुगेका छन् ।
शुक्रबार बिहान देउवा गत साउनमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मलाको परिवारलाई भेट्न उनको घर पुगेका हुन् ।
उनले निर्मलाकी आमा दुर्गादेवीसँग कुराकानी गर्दै न्याय दिलाउन आफू र कांग्रेस पार्टीका तर्फबाट निरन्तर खबरदारी गर्दै न्याय दिलाउन जस्तोसुकै कदम चाल्ने बताए ।
न्यायको लडाई लोकतन्त्रमा विश्वास गर्ने सबैको दायित्व निर्मलालाई न्याय दिनु रहेको देउवाको भनाई थियो ।
देउवा कञ्चनपुर उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको महोत्सव उद्घाटनका लागि कञ्चनपुर पुगेका छन् ।