१३ मंसिर २०८१, बिहीबार
फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजीले काएनलाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले काएनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीका लागि दुवै गोल केलियन एम्बाप्पेले गरे । यस्तै काएनका लागि कासिमिर निन्गोलले एक गोल गरे ।
खेलको ५६ औं मिनेटमा निन्गोल गोल गर्दै काएनलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि गोल गर्दै एम्बाप्पे खेल बराबरीमा ल्याए । खेल सकिन तीन मिनेट अगाडि एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई जित दिलाए ।
जितसँगै पीएसजीले २६ खेलबाट ७१ अंक जोडेको छ । दोस्रो स्थानको लिलीको ५१ अंक छ । काएन २० अंक सहित रेलिगेशन जोनमा रहेको छ ।