१ मंसिर २०८१, शनिबार
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय सानेपामा चैत्र ४ गते सोमबार बिहान ११ बजे बैठक बोलाइएको हो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’