अर्जेन्टिनी टिममा फर्किए मेस्सी

होमल्याण्ड खबर

२०७५ फाल्गुन २४ गते, शुक्रबार ११:४५ मा प्रकाशित

अर्जेन्टिनाका कप्तान तथा स्टार स्ट्राइकर लियोनेल मेस्सी राष्ट्रिय टोलीमा फर्किएका छन् ।

मेस्सी रसिया विश्वकपपछि पहिलो पटक अर्जेन्टिनाको राष्ट्रिय टोलीमा फर्किएका हुन् ।

विश्वकप २०१८ को प्रिक्वाटरफाइनल खेलमा फ्रान्ससँग पराजित भएपछि मेस्सीले राष्ट्रिय टिमबाट खेल्न छाडेका थिए ।

नयाँ प्रशिक्षक लियोनेल स्कालोनीले कप्तान मेस्सीलाई भेनेजुएला र मोरोक्कोविरुद्धको खेलका लागि टिममा बोलाउन सफल भएका हुन् ।

यस्तै स्कालोनीले लौउटारो मार्टिनेज, जियोभानी सिमिओनी र डारियो बेनेडेटोलाई पनि टिममा समावेश गरेका छन् । तर, म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरो, लोनमा चेल्सीबाट खेलिरहेका गोन्जलो हिगुआइन र इन्टर मिलानका फरवार्ड मौरो इकार्डीलाई टिममा समावेश गरिएको छैन् ।

अर्जेन्टिनाले २३ मार्चमा स्पेनमा भेनेजुएलासँग र २६ मार्चमा मोरोक्कोसँग मैत्रीपुर्ण खेल खेल्नेछ ।