१ मंसिर २०८१, शनिबार
एकीकरणपछि पहिलो पटक दुवै अध्यक्षद्वय मधेश भोलि जाँदै छन्।
पार्टी एककीरण र नेकपाको मधेलाई सन्देश दिनका लागि नेकपाले पहिलो पटक दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल प्रचण्डको उपस्थितिमा शनिबार रौतहतमा जनसभा गर्न लागेका हुन् ।
रौतहटको गरुढामा हुने प्रदेशस्तरीय जनसभालाई प्रधानमन्त्री तथा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेकपाका अध्यक्ष तथा केपी शर्मा ओलीले मधेशका मुद्दालाई उपेक्षा गर्ने गरेको भन्दै प्रदेश २ का जनतालाई भ्रम रहेका बेलामा यो जनसभाले ओलीले आफ्नो छविलाई बदल्ने सम्भावना रहेको छ।
प्रदेश-२ का आठ ओटै जिल्लाबाट एक लाख जनता उतार्ने तयारी गरिएको बताइएको छ ।