१ मंसिर २०८१, शनिबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
शुक्रबार राजनीतिशास्त्री समाज नेपालले आज काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले ओलीले सरकारले जनचाहना अनुसार काम गर्न नसकेको बताएका हुन् ।
उनले पार्टी एकीकरण प्रक्रिया टुंगो लगाउन ढिलाइ हुँदा पार्टी छोड्ने क्रम बढ्दै गएको भन्दै विधि र अनुशासनबाट पार्टी चल्नुपर्ने बताए । दुईरचार व्यक्तिबाट मात्र पार्टी चलाउन खोज्दा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको उनको भनाइ थियो ।
सरकारले पार्टी चलाउने प्रक्रिया उल्टो भएको भन्दै वरिष्ठ नेता नेपालले पार्टीबाट सरकार सञ्चालित हुनुपर्ने भन्दै वरिष्ठ नेता नेपालले आफूले अनेकौ पटक भन्दापनि पार्टीको राजनीतिक प्रतिवेदन अझै नछापिनु बिडम्बनापूर्ण भएको पनि बताए ।
उनले ठूलो पार्टी चलाउन विधि र प्रक्रिया चाहिने भएपनि पार्टी नेतृत्वले ‘एस म्यान’को खोजी गर्दा संगठन एकीकरणको काम अझै टुंगो लगाउन नसकिएको दावी पनि गरे।
कार्यक्रममा नेकपाका प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठले पार्टी एकीकरण प्रक्रियामा अन्योल बढ्दै गएको बताए । पार्टी एकीकरण टुंगो नलाग्दा केन्द्र, प्रदेश र स्थानीयस्तरमासमेत पार्टीका गतिविधि अगाडि बढ्न नसकेको उनको भनाइ थियो ।