राउतले असाधारण निर्णय क्षमता देखाए : प्रधानमन्त्री ओली

होमल्याण्ड खबर

२०७५ फाल्गुन २४ गते, शुक्रबार १५:१५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउतको प्रशंसा गरेका छन् ।

राष्ट्रिय सभागृहमा जारी राजनीतिक समझदारी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राउतले असाधारण निर्णय क्षमता देखाएको भन्दै प्रशंसा गरेका हुन् ।
उनले भने, ‘सरकारसँग ११ बुँदे सहमति गरेर राउतले असाधारण निर्णय क्षमता देखाएको देखाउनु भएको छ यस्तै क्षमता यसअघि पुष्पकमल दाहाल प्रचण्डमा मात्र देखाउनु भएको थियो ।’

यस्ता निर्णयहरु सामान्य मुटु र सामान्य हृदय भएको मान्छेले गर्नै सक्दैन भन्दै प्रधानमन्त्री ओलीले सिके राउतले हालसम्म अंगालेको शान्तिपूर्ण आन्दोलनको प्रशंशा गरे।

उनले भने, ‘उहाँको शान्तिपूर्ण पाटो निकै प्रशंशा योग्य छ, पृथकतावादका विषयमा आम रुपमा असहमति हो।’
कार्यक्रममा सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच मधेशको माग जन अभिमतमा आधारित लोकतान्त्रिक विधिमार्फत पूरा गर्ने लगायतका ११ बुँदे सहमति भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट सीके राउतले हस्ताक्षर गरेका छन् ।