१० मंसिर २०८१, सोमबार
पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल मंगलबारदेखि विराटनगरको सहिद रंगशालामा हुँदैछ ।
च्याम्पियनसिपको उद्घाटन खेलमा आज नेपालले भुटानसँग खेल्दैछ ।
विराटनगरस्थित सहिद रंगशालामा नेपाल र भुटानबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् ।
च्याम्पियनसिपमा दक्षिण एसियाका ६ देशको सहभागिता रहेको छ । च्याम्पियनसिपमा नेपालसहित, भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् ।
च्याम्पियनसिपको समूह ए मा नेपाल, भुटान र बंगलादेश रहेको छ भने समूह बी मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।