सरकारले सिके राउतसँग गरेको सम्झौता राष्ट्रघाती हो : सभापति देउवा

होमल्याण्ड खबर

२०७५ फाल्गुन २८ गते, मंगलवार १२:३० मा प्रकाशित

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सिके राउतलाई राजनीतिकको मूलधारमा ल्याउने नाउँमा राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन्।

नेपाल प्रेस युनियन कास्कीले पोखरामा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले देश टुक्राउने र जनमत संग्रह माग्दै हिंड्नु काँग्रेसका लागि सैह्य नभएको बताए । सम्झौतामा भएका बुँदा राष्ट्रघाती रहेको उनको टिप्पणी थियो ।

‘प्रधानमन्त्री ओलीले हस्ताक्षर गर्ने अनि सिके राउतले जनमत संग्रह गर्ने र देश टुक्राउने कुरा गर्छन् हामी यसलाई कसरी स्वीकार्न सक्छौं । देउवाले भने, ‘यस विषयमा न प्रधानमन्त्रीको खण्डन आउँछ, जनकपुरमा जनमत संग्रहको नारा घन्किछ ।’

सरकारले फौजदारी संहिताका नाउँमा देशलाई कन्ट्रोल गर्ने र प्रेसलाई नियन्त्रणमा लिँदै अधिनायकवादतर्फ सरकार उन्मुख भएको बताए । उनले भने, प्रजातन्त्रमा प्रेस स्वतन्त्रता भएन भने, अधिनायकवादतर्फ जान्छ ।

आफ्नै पालामा अध्यादेशमार्फत ल्याएको चिकित्सा विधेयकलाई सरकारले तोडमोड गर्दा चिकित्सा क्षेत्रमा अराजकता मौलाएको टिप्पणी गरे ।सरकारले विभिन्न नाउँमा संघीयतालाई असफल बनाउन लागिरहेको छ । यो काँग्रेसका लागि मान्य हुँदैन, उनले भने ।

विप्लव समूहको गतिविधिबारे सोधिएको प्रश्नमा उनले देशमा हत्या हिंसा अराजकता मौलाएकोले यसको नियन्त्रण गर्नु सरकारको कत्र्तव्य भएको बताए ।

संसदमा प्रतिपक्षको भूमिका कमजोर देखिएको भन्नेबारे पत्रकारको जिज्ञासामा उनले संसद् र देशै भरि सरकारका विरुद्ध बोलेको छु, यति हुँदा पनि सरकार सुन्दैन । भोट दिने बेलामा एमालेलाई भोट दिने अहिले प्रतिपक्षको भूमिका खोज्ने ? भनी प्रतिप्रश्न गरे।

म्याग्दीको तातोपानीमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै नुहाएर एकता हुन्छ भनी आपूmले नभनेको र कसले भन्यो भनी प्रतिप्रश्न गरे। युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रविना आले र संचालन सचिव प्रदीप पौडेलले गरेका थिए ।