विप्लव बन्दः पोखरा र गोरखामा शंकास्पद बस्तु फेला

होमल्याण्ड खबर

२०७५ फाल्गुन ३० गते, बिहीबार ०९:१४ मा प्रकाशित

पोखराको सभागृह चोकमा र गोरखाको १२ किलोमा बिहीबार बिहानै शंकास्पद वस्तु फेला परेको छ ।

पोखराको सभागृह चोकमा रहेको ट्राफिक बिटमा भेटिएको शंकास्पद वस्तु बम भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।

नेपाली सेनाले अहिले सवारी आवागमन रोकेर उक्त शंकास्पद वस्तुबारे अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।

यसैगरी गोरखाको गोरखा नगरपालिकाको १२ किलोमा पनि शंकास्पद बस्तु भेटिएको हो ।

उक्त शंकास्पद वस्तु कसले राख्यो भन्ने खुलेको छैन । तर, बिहीबार विप्लवले देशव्यापी बन्द गरेकाले त्यही समूहले राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।