कैलालीमा विप्लव समूहद्वारा जन्तीबसमा आगजनी

होमल्याण्ड खबर

२०७५ फाल्गुन ३० गते, बिहीबार ११:१९ मा प्रकाशित

विप्लव समूहका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा बिहीबार बिहान ४ बजे आगजनी गरेका हुन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख ४४१ नम्बरको जन्तीको बाजा बोकेको बसमा उनीहरुले आगजनी गरेका हुन् ।

आगजनी गर्दा बसमा सवार सबैलाई बसबाट ओर्लिन लगाइएको बताइएको छ । आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको छ ।

आगजनीमा संलग्न रहेको आशंकामा विप्लव समूहका तीनजना कार्यकर्ता पक्राउ परेको प्रहरीले बताएको छ ।