युवा लक्षित हुनै पर्छ – गगन थापा

होमल्याण्ड खबर

२०७५ चैत्र ३ गते, आईतवार १२:३५ मा प्रकाशित

नेपाली काँग्रेसका नेता गगन कुमार थापाले आगामी निर्वाचनमा ठूलो संख्यामा नयाँ मतदाताको संख्या बढ्ने भएकोले युवा लक्षित हुनु पर्ने बताएका छन् । धादिङ क्षेत्र नं. १ अन्तरग काठमाण्डौं सम्पर्क समितिको प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै नेता थापाले उक्त कुरा बताएका हुन ।

अधिल्लो चुनावमा काँग्रेसले हारे पनि राष्ट्रियता र संघीयताको विषयमा नहारेको जनाएका छन् । जनताले स्थायी सरकार चाहेको तर सरकारले जनताको चाहनालाई वेवास्ता गरेको बताउँदै थापाले काम गर्ने तर श्रेय नखोज्ने काँग्रेसको शैलीलाई जनतासमक्ष बुझाउन सक्नु पर्र्ने सुझाव दिए । नेता थापाले भने ‘अबको विकल्प काँग्रेस नै हो ।’ वर्तमान सरकारले पूर्व एमाले र पूर्वमाओवादीको चाहनालाई नै समेट्न नसेकका कारण सर्बसाधारण जनता आजित भएका छन । वर्तमान सरकार अधिनायकवादी भयो भनेर हामी होइन नेकपा भित्रै बाट आवाज उठेको छ ।

नेकपाको सरकार जनाता केन्द्रित नभई विदेशी व्यापारिका लागि पो सहज हुदै गएको हो कि भनी प्रश्न गदै थापाले जनाता केन्द्रित नीति तथा कानून बनाउन नसक्नेका विरुद्ध आफुहरुले संसदमा जिम्मेवार बनाउने प्रयास गरेको बताए । यदि सरकार जिम्मेवार नहुने हो भने ‘जनता त जिम्मेवार हुनै पर्छ नि ।’ थापाले भने ।

अबको नयाँ पुस्ता बढी गतिशिल र नतिजामुखी भएकाले संगठनमा उनीहरुलाई समेट्न आग्रह गरे ।
धादिङ १ का धुनिवेशी नगरपालिका सहित अन्य ५ गाउँपालिका संयोजक समितिको अग्रसरतामा प्रशिक्षण कार्यक्रम भएको थियो । कार्यक्रममा विभिन्न पेशा व्यासायीको उल्लेख उपस्थिति थियो ।
युवाहरुको बाहुल्यता रहेको कार्यक्रममा संबोधन गर्दै धादिङ १ का ‘क’ का उमेद्वार मदुकुमार श्रेष्ठले
प्रशिक्षणमार्फत नयाँ अनुहार संगठनमा प्रवेश गर्ने भएकोले उचित जिम्मेवारी दिनु पर्ने बताए ।

यस्तै, जिल्ला सभापति रमेश धमलाले अबको संगठन तथ्यमा आधारित बनाउने काममा कार्यसमिति लागी परेको जानाए । कार्यक्रममा धुनिवेशी, थाक्रे, गल्छी, गजुरी, सिद्धलेक र बेनीघाट रोराङबाट काठमाण्डौमा पेशा व्यावसाय गर्नेहरु थिए । कंलकीस्थित युनिक ब्याक्वेटमा आयोजित कार्यक्रममा लगभग ४ सयको सहभागिता रहेको थियो ।