१ मंसिर २०८१, शनिबार
राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रतिनिधि सभाको बैठक आज फेरि अवरुद्ध गरेको छ ।
मधेश आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बैठक अवरुद्ध गरेका हुन् ।
बैठकको शुरूमै सभामुखसँग समय लिएर राजपाका लक्ष्मणलाल कर्णले सानो विषयमा सभामुखको पटक– पटक रुलिङ आउँदा पनि सरकार जिम्मेवार नभएको आरोप लगाउँदै यही अवस्थामा संसद् बैठक चल्न नदिने चेतावनी दिए ।
राजपाका सांसदले उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले बैठक १० मिनेटका लागि स्थगित गरेको जानकारी दिए ।