१ मंसिर २०८१, शनिबार
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)का कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। आईतबार पक्राउ परेका श्रेष्ठलाई आज सार्बजनिक गर्ने तयारी रहेको स्रोतले जनाएको छ। नेकपाको कोशी ब्युरो अन्तर्गत सुनसरी, भोजपुर, मोरङ र धनकुटा हुन्।
काठमाडौंस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठ द्वन्द्वकालिन समयमा तत्कालीन माओवादीका ब्यूरो सदस्य थिए।
सरकारले गत फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि सो पार्टीका नेता कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन्।
गत शुक्रबार राति काभ्रेबाट नेक्रवित्रम चन्द समूहका तेस्रो वरीयताका नेता तथा मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित ९ जनालाई पक्राउ परेका थिए।