नेपाल बन्द घोषणा : लगानी सम्मेलन प्रभावित

होमल्याण्ड खबर

२०७५ चैत्र १२ गते, मंगलवार १२:०२ मा प्रकाशित

नेपालले तामझामका साथ लगानी सम्मेलन गर्ने तयारी गरिरहँदा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्दको आह्वान गरेको छ । उक्त समूहले १६ गतेका दिन नेपाल बन्दको आह्वान गरेको हो । पक्राउ परेका आफ्ना कार्यकर्ताहरुको रिहाइ र सरकारले लगाएको प्रतिबन्ध फुकुवाको माग गर्दै १३ गतेदेखि २४ गतेसम्म चरणवद्ध आन्दोलनको घोषणा गरेको विप्लव समूहले १६ गते बन्दको आह्वान गरेको हो ।
अघिल्लो बन्दको घोषणाको आंशिक प्रभाव परेकोमा अबको बन्द भने शनिबारका लागि घोषणा गरिएको छ । यसले गर्दा सवारी आवतजावतमा असर गरे पनि कार्यालय, प्रतिष्ठान र शिक्षण संस्थाका हकमा भने यसको प्रभाव हुनेछैन । यद्यपि लगानी सम्मेलनमा आएका पाहुनाहरुमा भने यसले लगानी प्रतिवद्धतामा मनोवैज्ञानिक असर गर्ने देखिएको छ ।