आईपीएलः आज कोलकत्ता र पन्जाब भिड्दै

होमल्याण्ड खबर

२०७५ चैत्र १३ गते, बुधबार १०:११ मा प्रकाशित

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबार एक खेल हुँदैछ ।

बुधबार कोलकत्ता नाइट राइडर्स र किङ्स इलाभेन पन्जाबबीच खेल हुनेछ ।

दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकत्ता र रविचन्द्र आश्विनको कप्तानीमा रहेका पन्जाबबीचको खेल नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुनेछ ।

कोलकातास्थित इडेन गार्डेन हुने खेलमा दुवै टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

पहिलो खेलमा कोलकत्ताले पहिलो खेलमा सनराईजर्स हैदरावादलाई ६ विकेटले हराएको थियो । यस्तै, पन्जाबले राजस्थान रोयल्सलाई १४ रनले पराजित गरेको थियो ।

दुईबीचको पछिल्लो पाँच खेलमा घरेलु टोली कोलकत्ता बलियो देखिएको छ । पन्जाबविरुद्धको पाँच खेलमा कोलकत्ताले ३ खेलमा जित निकालेको छ । बाँकी दुई खेल भने पन्जाबले जितेको छ ।