१ मंसिर २०८१, शनिबार
बिहीबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ती जारी गर्दै कांग्रेसप्रति गरेको टिप्पणी प्रधानमन्त्रीको पदीय गरिमाको उचाई अनुरुप नभएको भन्दै यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई समर्थन गरेको भन्दै पोख्नु भएको आक्रोशलाई नेपाली कांग्रेसले दुःखद र हल्का अभिव्यक्ति भन्दै टिप्पणी गरेको छ ।
विज्ञप्तीमा भनिएको छ ‘एकदलीय अधिनायकवादको कम्युनिष्ट दर्शन बोकेर र घोकेर जीवनको पूर्वाद्ध विताएका जो कोहीलाई जीवनको उत्तरार्धमा लोकतान्त्रिक पद्धतिको बाटो हिड्नु पर्ने परिस्थिति निश्चयनै कठिन रहेको मनस्थिति हामी बुझ्न सक्छौं ।
तर कांग्रेसले स्थापनाकालदेखि अंगिकार र विश्वास गरेको मार्गमा समाहित भएर अन्ततः कांग्रेसलाई नै लोकतन्त्रको व्याख्या सुनाउने कर्म ‘आमाका अघि मावलको बयान’ भन्दा भिन्न छैन ।’
विज्ञप्ति