प्रधानमन्त्री ओली आज घटनास्थल बारा जाँदै

होमल्याण्ड खबर

२०७५ चैत्र १८ गते, सोमबार ०९:३० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली घटनास्थलको अवलोकनका लागि प्रभावित बारा र पर्सा जिल्ला जाँदै छन् । अहिले साढे १० बजेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत भद्रपुरबाट बारा जाने भएका छन् ।

विभिन्न कार्यक्रममा सहभागी हुन झापामा रहेका प्रधानमन्त्री ओली सोमबारका सबै कार्यक्रम स्थगित गरेर हावाहुरी प्रभावित जिल्ला जाने उनका प्रेस संयोजकले जानकारी दिएका छन् ।

घटनास्थलको अवलोकनका साथै उनले घाइतेको उद्धार र उपचारमा कुनै कमी हुन नदिन निर्देशन समेत दिने बताइएको छ । यस्तै त्यहाँ पुगेपछि उनले ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, परिवारलाई समवेदन प्रकट गर्नेछन् ।