१० मंसिर २०८१, सोमबार
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ को वर्ष टी–ट्वान्टी क्रिकेटमा सर्वाधिक विकेट लिने स्पिन बलर बनेका छन् ।
भारतमा जारी १२ औं संस्करणको ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्समा रहेका सन्दीपले किङ्गस इलाभेन पन्जाबविरुद्ध २ विकेट लिएपछि सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका हुन् ।
सन्दीपले सन् २०१९ मा २७ विकेट लिन सफल भएका छन् । सन्दीपले सन् २०१९ मा आईपीएल सँगसँगै अष्ट्रेलियाको बिग बास लिग (बीबीएल), अफगानिस्तान प्रिमियर लिग, पाकिस्तान सुपर लिग र बंगालदेश प्रिमियर लिगमा गरी २७ विकेट हात पारेका हुन् ।
सन् २०१९ को टी–ट्वान्टी क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी बन्ने क्रममा सन्दीपले पाकिस्तानका साहिद अफ्रिदी, अफगानिस्तानका राशिद खान र बंगालदेशका शाकिब अल हसनलाई पछि बनाए ।
दोस्रो स्थानमा रहेका अफ्रिदीले २६ विकेट लिएका छन् भने राशिदले २५ विकेट लिएका छन् । हसनले २४ विकेट लिएका छन् ।