हावाहुरी पीडितलाई प्रदेश तीनले एक करोड रुपैयाँ सहयोग गर्ने

होमल्याण्ड खबर

२०७५ चैत्र १९ गते, मंगलवार ११:१२ मा प्रकाशित

प्रदेश तीन सरकारले बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितका लागि एक करोड रुपैयाँ सहयोग रकम उपलब्ध गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारको मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले हावाहुरी प्रभावितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

सोमबार मुख्यमन्त्री पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेल, सामाजिक बिकाश मन्त्री युवराज दुलालले हावाहुरीका कारण ध्वस्त भएको बारा र पर्सा जिल्लामा स्थलगत रुपमा निरीक्षण गरेका थिए ।

यसैगरी, प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सबै प्रदेशसभाका सबै सदस्यहरुबाट तीन दिन बराबरको तलब दिने निर्णय गरेको छ ।