१ मंसिर २०८१, शनिबार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध असन्तुष्ट जिल्ला सभापतिहरूको भेला आज काठमाडौंमा हुँदैछ । नुवाकोट जिल्लाका सभापति जगदीश्वर नरसिंह केसीले असन्तुष्ट सभापतिहरूको भेला बोलाउन विशेष पहल गरेका हुन् ।
बुधबार हुने सभापतिहरूको उक्त भेलामा विभिन्न २० भन्दा धेरै जिल्लाका सभापतिहरूको सहभागिता हुनेछ । भेलाले सभापति देउवाविरुद्ध विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान चलाउनेसम्मको निर्णय हुने बताइएको छ ।
सभापति देउवा निकटका जिल्ला सभापतिहरूले भने यस भेलालाई बहिस्कार गर्दै उनीहरूले भेलाको औचित्य नरहेको र कांग्रेसको विधान विपरित गरिएको भन्दै आलोचना गरेका छन् ।
भेलामा अन्य वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र महामन्त्री डा.शशांक कोइराला निकटका जिल्ला सभापतिहरू सहभागी हुनेछन् ।