१० मंसिर २०८१, सोमबार
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।
शनिबार राति घरेलु मैदानमा भएको खेलमा लिग लिडर बार्सिलोनाले दोस्रो स्थानमा रहेको एट्लेटिकोलाई २–० ले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे ।
खेलको ८५ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । लगत्तै अर्को मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए ।
खेलको २८ मिनेटमै डिएगो कोष्टा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एट्लेटिको मड्रिड १० खेलाडीमा सीमित भएको थियो ।
जितसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडसँगको अंक दूरी ११ अंकले बढाएको छ ।
बार्सिलोनाको ३१ खेलबाट ७३ अंक हुँदा दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको समान खेलबाट ६२ अंक छ ।