१ मंसिर २०८१, शनिबार
गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता प्रदान गर्ने विषय अदालतको आदेश र संविधान अनुरुप भएको दाबी गरेका छन्।
गृहमन्त्री थापाले पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या देखिएको बताएका हुन् ।
नेपालका नागरिकले नागरिकता प्राप्त गर्ने विषय संविधानमा नै उल्लेख रहेको थापाको भनाई थियो।
संसद्मा नागरिकतासम्बन्धी विधेयक छलफलका क्रममै रहे पनि अधिवेशन रोकिएका कारण नागरिकता सम्बन्धी समस्या समाधान गर्न मन्त्रालयले परिपत्र गरेको उनले स्पष्ट पारेका छन्।
मन्त्री थापाले सर्वोच्च अदालतको आदेशका साथै संविधानमा व्यवस्था भएका कारण नागरिकता सम्बन्धी परिपत्र गरेको भन्दै यसमा शंका नगर्न आग्रह गरेका छन्।