१ मंसिर २०८१, शनिबार
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको बैठक आज दिउँसो एक बजे बस्दैछ। पार्टी केन्द्रीय कार्यालय बबरमहलमा सोमबार बस्ने बैठकमा पार्टीको आगामी महाधिवेशनबारे छलफल हुने बताइएको छ ।
राजपाले आगामी वैशाख ७ गते पार्टीको महाधिवेशन गर्ने निर्णय गरको भएपनि अहिले आएर महाधिवेशनको मिति सार्ने तयारी गरेको छ। राजपाले महाधिवेशनको विषयमा छलफल गरी महाधिवेशनको अर्को मिति तय गर्ने भएको हो ।
जिल्लाबाट आएका प्रतिवेदन अध्ययन गर्ने तथा पार्टीका सक्रिय सदस्य र साधारण सदस्यतासम्बन्धी विवरण अनुमोदन गर्ने पनि बैठकको एजेण्डा रहेको छ।