१ मंसिर २०८१, शनिबार
एजेन्सीः भारतमा हुन गइरहेको निर्वाचनमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदी फेरि पनि प्रधानमन्त्री बन्न सफल भएमा भारत र पाकिस्तानबीच शान्ति वार्ता हुन सक्ने बताएका छन् ।
खानले कश्मीरका विषयमा दुई देशबीच शान्ति वार्तामार्फत नै समस्या समाधानमा पुग्न सकिने विश्वास व्यक्त गरेका छन् । उनले निर्वाचनमा भारतीय जनता पार्टीले बहुमत ल्याएर मोदी पुनः प्रधानमन्त्री भएमा यस दिशामा प्रगति हुनसक्ने विश्वास व्यक्त गरेका हुन्
भारतीय जनता पार्टी मोदीले जितेमा कश्मीर मुद्दामा कुनै प्रकारको समाधानमा पुग्न सकिने र कांग्रेस आइको नेतृत्वमा सरकार बनेमा भने नयाँ सरकार विभिन्न मुद्दामा वार्ता गर्न नै डराउने उनको भनाइ थियो ।