बालुवाटारको सरकारी जग्गा खरिद प्रकरणमा महासचिब विष्णु पौडेल ठगियःसंचारमन्त्री बास्कोटा

होमल्याण्ड खबर

२०७५ चैत्र २८ गते, बिहीबार १५:४० मा प्रकाशित

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बालुवाटारको सरकारी जग्गा खरिद प्रकरणमा महासचिब विष्णु पौडेल ठगिएको बताएका छन् ।
बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले बालुवाटारको सरकारी जग्गा खरिद् प्रकरणमा मुछिएका पार्टी महासचिव विष्णु पौडेल पीडक नभई पीडित भएको जनाए ।
‘राम्रो जग्गा भनेर किनेको नराम्रो परेछ, यससम्बन्धमा उहाँले विज्ञप्ति निकालेर प्रकाश पारिसक्नुभएको छ’ उनले भने ।
सरकारी जग्गा खरिदमा विष्णु पौडेलको संलग्नता छैन भन्दै मन्त्री बास्कोटाले अन्य व्यक्ति संलग्न भएको भन्दै सरकारी सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको भएको बताए ।
‘महासचिव पौडेलले त जग्गा खरिद पो गुर्नुभएको हो, उहाँ अपराधि होइन, पीडक होइन, उहाँ त केवल पीडित हो’, उनले भने, ‘उहाँले त जग्गा किन्नु भोे, जग्गा परेछ नक्कली ।’
सरकारले सो जग्गा रोक्का गरेर एक्स अगाडि बढाइसकेको उनको भनाइ थियो । उनले पौडेलसँगै अरुले पनि जग्गा किनेको र जग्गा किन्नेहरु पीडित भएका कारण बेच्नेबाट क्षतिपूर्ति पाउनुपर्ने बताए । उनले सबैभन्दा पहिला जसको नामबाट जग्गा निजीकरण भएको हो उसैबाट अनुसन्धान अगाडि बढाउनुपर्ने बताए ।