१० मंसिर २०८१, सोमबार
प्रदेश पाँचमा जारी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत आज शुक्रबार विभिन्न नौ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
आठौं अन्तर्गत आज ९ खेल बक्सिङ, बुद्धिचाल टेबलटेनिस, कुस्ती, हक्की, स्क्वास, लनटेनिस, बास्केटबल र फेन्सिङ खेलमा प्रतिस्पर्धा हुनेछ ।
शुक्रबार बक्सिङ र बुद्दिचाल खेलको सुरुवात हुँदैछ । बाँकेको नेपालगञ्जमा बक्सिङ र बर्दियाको ठाकुरद्वारमा बुद्दिचाल खेल सुरु हुनेछ ।
यस्तै दाङको घोराही कभर्डहलमा टेबलटेनिस, बास्केटबल, कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगञ्जको मंगलप्रसाद उच्च माविमा पुरुष हक्की, नेपालगञ्जको कभर्डहलमा फेन्सिङ, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस हुनेछ ।
आठौंको उद्घाटन भने बैशाख ५ गते हुनेछ । प्रतियोगिताको समापन बैशाख ११ गते हुनेछ ।