१० मंसिर २०८१, सोमबार
आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि एसिया छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई जितका लागि २८३ रनको लक्ष्य दिएको छ ।
मलेसियाको क्वालालाम्पुरमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले सिंगापुरलाई जितका लागि २ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै २८२ रन बनायो ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ९५, रसिद खानले ४८, पवन सराफले ४७, भीम सार्कीले २६, कुशल मल्लले १०, आसिफ शेखले ८ र रित गौतमले १ रन बनाए ।
सिंगापुरका लागि अथर्व गुनेले ४, राहुल शर्मा र विनित मेहराले समान २ २ तथा सिंघवीले १ विकेट लिए ।