१० मंसिर २०८१, सोमबार
आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनोटको तेस्रो खेलमा नेपालले अहिले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
मलेसियाको क्वालाम्पुरस्थित बायुमास ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि मलेसियाले ब्याटिङ गर्देछ ।
प्रतियोगितामा नेपालले दुई खेल खेलेकोमा एक जित र एक हार व्यहोरेको छ । सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा यूएईसँग भने वर्षाका कारण डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको थियो ।
विश्वकपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाल घरेलु टोलीविरुद्ध सहज जितको खोजीमा हुनेछ ।