१० मंसिर २०८१, सोमबार
आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि एसिया छनोटको चौंथो खेलमा नेपालले ओमानलाई जितका लागि २ सय ३० रनको लक्ष्य दिएको छ ।
मलेसियाको शिलानगोर ट्रफ क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानलाई जितका लागि २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको हो ।
पहिले ब्याटिङ गरेको नेपालले ४३ ओभर २ बलमा अलआउट हुँदै २ सय २९ रन बनायो ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ७५, प्रतिष जिसीले ४१, भिम सार्कीले ३९, अविशेक बस्नेतले १५, रित गौतमले १०, सन्दीप जोराले ४, हरि चौहानले २, कुशल मल्लले २ तथा कमलसिंह ऐरीले १ रन बनाए ।
ओमानका मुजाहिर राजा, संजय रबिन्द्र, जिल तन्ना र अजम अलीले समान २/२ विकेट लिए ।
त्यस्तै यस मेहता र प्रथमेश कुम्बले नाममा समान १ विकेट लिए ।