१० मंसिर २०८१, सोमबार
नेपालगञ्जमा भैरहेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज १३ खेल हुँदैछन् ।
बुधबार फुटबल, भलिबल, बक्सिङ, क्रिकेट, फुल कन्ट्याक्ट कराते, कबड्डी, ब्याडमिन्टन, बास्केटबल, जुडो, हक्की, साइक्लिङ, बुद्धिचाल र गल्फ खेल हुनेछ ।
पुरुष फुटबल खेल नेपालगञ्ज रंगशाला र महिला फुटबल दाङमा हुनेछ । यस्तै, क्रिकेट रुपन्देही र लमहीमा हुनेछ भने भलिबल बाँकेको खजुरामा हुनेछ ।
बाँकेको नेपालगंजमा बक्सिङ, नेपालगञ्जमा जुडो र बर्दियाको ठाकुरद्वारमा बुद्धिचालको प्रतिस्पर्धा हुनेछ ।
यस्तै दाङको घोराही कभर्डहलमा ब्याडमिन्टन र बास्केटबल, नेपालगञ्जको मंगलप्रसाद उच्च माविमा पुरुष हक्की, कोहलपुरमा साइक्लिङ र काठमाडौंमा गल्फ हुनेछ ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन भने भोलि बैशाख ५ गते हुनेछ ।