आगामी चुनावमा जनताले नेकपालाई हैसियत देखाई दिन्छन्ः सभापति देउवा

होमल्याण्ड खबर

२०७६ बैशाख ४ गते, बुधबार १५:५२ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन लम्की–टीकापुरले शाखा कैलालीले बुधबार टीकापुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देउवाले नेकपाको सरकार गठन भएसँगै देशका बिभिन्न ठाउमा हत्या हिंसा तथा आर्थिक अनियमितताका घटनाहरु बढ्दै गएकोले देउवाले आउँदो चुनावमा जनताले हैसियत देखाई दिने बताएका छन् ।

विगतमा भएको साम्प्रदायिक दंगाले टीकापुरमा धेरै नोक्सानी भएपनि अहिले आपसी मेलमिलापको अवस्था विकास भएकोमा सभापति देउवाले खुशी व्यक्त गर्दै यसको निरन्तरताको खाँचो रहेको बताएका छन् ।