१० मंसिर २०८१, सोमबार
नेपाल आइसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनबाट बन्चित भएको छ ।
मलेसियामा जारी एसिया छनोट अन्तर्गत युएईले ओमानलाई पराजित गरेसँगै नेपाल आठौं पटक यू-१९ विश्वकप खेल्नबाट बन्चित भएको हो ।
विश्वकपमा छनोट हुन नेपाललाई कुवेतविरुद्ध जित र युएईको हार आवश्यकता रहेको थियो । तर, युएईको जितसंगै नेपालको विश्वकप सपना सकिएको छ।