आइसीसी यू-१९: अन्तिम खेलमा नेपालले कुवेतलाई ८ विकेटले हरायो

होमल्याण्ड खबर

२०७६ बैशाख ५ गते, बिहीबार १४:२१ मा प्रकाशित

मलेसियामा जारी आइसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपालद्वारा कुवेत पराजित भएको छ ।

बिहीबार क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको खेलमा नेपालले कुवेतलाई ८ विकेटले हराएको हो ।

कुवेतले दिएको १५८ रनको लक्ष्य नेपालले २८ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा रित गौतम र पवन सर्राफले अर्धशतकीय इनिङ्स खेले ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले १९ ओभर ४ बलमा अलआउट हुँदै १५७ रन बनायो ।

कुवेतका लागि नोमन बुद्रोले ७०, गोकुल कुमारले ३६, हमुद अमनउल्लाहले १७ र मिट भाब्सरले १० रन बनाए ।

नेपालका कप्तान रोहित कुमार पौडेलले ३, कुशल मल्ल, सुर्य तामाङ र राशिद खानले समान २र२ विकेट लिए ।

नेपालले दोस्रो स्थानमा रहेर छनोट खेल ससम्पन्न भएको छ ।