१ मंसिर २०८१, शनिबार
चितवनको दुई स्थानमा ग्यास सिलिण्डर विष्फोट भएको छ ।
नेत्रविक्रम चन्द समूहको नेपाल बन्द आह्वानका क्रममा जिल्लाका भरतपुर महानगरपालिका-१८ स्थित भीमनगरमा घोल खेत नजिकै र कालिका नगरपालिका–८ स्थित कालिका मन्दिर नजिकै रहेको कयर खोलामा राखिएको सिलिण्डर ग्यास पड्किएको हो ।
बस्तीभन्दा पर भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
त्यस्तै खैरहनी नगरपालिका–३ चैनपुरस्थित लदरी खोला नजिकै खेतमा ग्यास सिलिण्डर राखिएपनि त्यसलाई डिस्पोज गरिसकेको बताइएको छ ।
बन्दको कारण चितवनमा ठूला सवारी साधन चल्न सकेका छैनन् भने शिक्षण सस्था, बजार कलकारखाना ठप्प भएका छन् ।
राजमार्गमा चलेका सवारीलाई भने प्रहरीले सुरक्षा दिइ गन्तव्यमा पुर्याएको छ ।