१ मंसिर २०८१, शनिबार
राष्ट्रिय प्रजातन्त्र पार्टी धर्मनिरपेक्षताको ब्यानर जलाएको छ ।
शुक्रबार अपराह्न रत्नपार्कस्थित शान्तिबाटिकामा भेला भएका अध्यक्ष कमल थापा, वरिष्ठ नेता दीपक बोहरासहितका राप्रपा नेता कार्यकर्ताहरुले धर्मनिरपेक्षता लेखिएको ब्यानर जलाएका हुन् ।
धर्मनिरपेक्षको ब्यानरलाई अध्यक्ष कमल थापाले आगो लगाएका थिए ।
यसैबीच राप्रपाको विरोधसभापछि ब्यानर जलाउने क्रममा हस्तक्षेप भएको छ । प्रहरी र प्रदर्शनकारीबीच केहीबेर धकेलाधकेल भएपछि केन्द्रीय सदस्य एवती कार्कीसहित १४ जना पक्राउ परेका छन् ।
अध्यक्ष थापालगायत नेतालाई भने कार्यकर्ताले बचाएका थिए।
पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित नेपालपुलिस क्लबमा लगिएको छ। प्रदर्शनकारीहरु पुलिस क्लब अघि पुगेर उनीहरुलाई रिहाइको माग गर्दै नाराबाजी गरिरहेका छन् ।