१० मंसिर २०८१, सोमबार
बार्सिलोना स्पेनिस ला लिगा फुटलबको उपाधि नजिक पुगेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–१ ले पराजित गरी उपाधि नजिक पुगेको हो ।
बार्सिलोनाका लागि क्लेमेन्ट लेङ्गलेट र जोर्डी अल्बाले एक एक गोल गरे । यस्तै सोसिडाडका लागि जुवानामीले एक गोल गरे ।
खेलको ४५ औं मिनेटमा लेङ्गलेटले गोल गर्दै घरेलु टोली बार्सिलोनाले सुरुवाती अग्रता दिलाएका थिए । ६२ औ मिनेटमा सोसिडाडका जुवानामीले गोल गर्दै खेल बराबरीमा ल्याए । ६४ औं मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई स्पष्ट तीन अंक दिलाए ।
बार्सिलोनाको ३३ खेलबाट ७७ अंक पुगेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको समान खेलबाट ६८ अंक रहेको छ ।
लिगमा अझै पाँच खेल बाँकी छन् ।
शनिबार राति नै भएको अर्को खेलमा दोस्रो स्थानको एट्लेटिको मड्रिडले इबरलाई १–० ले हराएको थियो ।