१ मंसिर २०८१, शनिबार
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको श्रृङ्खलाबद्ध बम विस्फोटप्रति दुख व्यक्त गरेका छन् । आईतबार श्रीलंकाको विभिन्न स्थानमा भएको बम विस्फोटप्रति प्रधानमन्त्री ओलीले गहिरो दुख व्यक्त गरेका छन् । उनले ट्वीटरमार्फत् निर्दाेष नागरिहरुको विस्फोटमा ज्यान गएको प्रति आफूलाई गहिरो दुख लागेको उल्लेख गरेका छन् ।
उनले श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रमासिंहे सहित सम्पूर्ण बम विस्फोटका प्रभावित परिवारहरुलाई धैर्य धारण गर्नसक्ने क्षमता मिलोस् र छिटै सो विस्फोटको पुनरुद्धार होस् भन्ने कामना समेत गरेका छन् ।