आठौं राष्ट्रिय खेलकुदः आज १६ खेल हुँदै

होमल्याण्ड खबर

२०७६ बैशाख ९ गते, सोमबार ०९:०० मा प्रकाशित

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत आज १६ खेल हुदैँछन् ।

दाङको बेलझुण्डीमा एथ्लेटिक्सका विभिन्न स्पर्धामा सोमबार पुरुष महिलाको म्याराथनसंगै ४ सय मिटर हडर्स, ८ सय मिटर दौडको फाईनल र ४ बाई सय मिटरको महिला पुरुषको फाईनल खेल हुनेछ ।

भैरहवाको ब्याडमिन्टन कभर्डहलमा तेक्वान्दोका खेल हुनेछन् भने दाङको तुल्सीपुरस्थित कराँतेहलमा कराँतेको खेल सञ्चाल हुनेछन् । त्यस्तै नेपालगञ्जको नगरभवनको हलमा भारोत्तोलनका अन्तिम दिनका खेलहरु हुनेछन् ।

बाँकेको खजुरा भलिवल एकेडेमीमा महिला र पुरुष भलिवलका खेलले निरन्तरता पाउनेछन् । भने नेपालगञ्ज कभर्डहल परिसरमा उसु, ह्यान्डबलका खेल हुनेछ ।

यसैगरि नेपालगञ्जकै महेन्द्र रंगशालामा आईटिएफ तेक्वान्दो र सुटिङरेञ्जमा सुटिङका खेल हुनेछन् ।नेपालगञ्जस्थित जुडो हलमा जिम्न्याष्टिकको खेल हुनेछन् ।

बुटबलमा सफ्ट टेनिसमा हुदाँ कोहलपुर, लमही र रुपन्देहीमा क्रिकेटका खेल हुनेछन् । बर्दियामै खोखोका बाँकी खेल सञ्चालन गरिदाँ नेपालगञ्जमा पौडी र पोखरामा प्याराग्लाईडिङका बाँकी खेल चल्नेछन् । बर्दियामा सेपाकताक्रोको सेमिफाईनलका खेल हुनेछन् ।