कार्यक्रम नै छाडेर बाहिरिए नेकपा वरिष्ठ नेता नेपाल

होमल्याण्ड खबर

२०७६ बैशाख ९ गते, सोमबार १६:३८ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको ७० औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमबाट बाहिरिएका छन् ।

सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा आसन ग्रहण गरेलगत्तै उनी बाहिरिएका हुन् ।

नेता नेपाल कार्यक्रमस्थलबाट बाहिरिएपछि केहिवेर अन्योलता छाएको थियो । उक्त कार्यक्रमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’ले मात्रै बोल्ने सूची रहेको आफु बाल्ने कार्यतालिका नदेखेपछि बाहिरिएको नेकपाले नेताहरुले जनाएका छन् ।