१ मंसिर २०८१, शनिबार
राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारबीचको वार्ता सकिएको छ ।
मंगलबार १ः३० बजेदेखि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको वार्तामा २२ बुँदे माग टेबुल गर्दै सकिएको हो ।
धर्म निरपेक्षता खारेजीलगायतका माग राख्दै मन्त्रालयमा पुगेको राप्रपा र सरकारबीच सैद्धान्तिक विषयमा भने छलफल हुन सकेन र अर्को मिति सहमतिमा तोक्ने भन्दै वार्ता सकियो ।
वार्तामा सरकारी वार्ता टोलीका संयोजक कानूनमन्त्री भानुभक्त ढकालले संघीय लोकतानित्रक गणतन्त्र अतिक्रमित हुने मागमा पुनर्विचार गर्न राप्रपालाई आग्रह गरेको बताइएको छ ।
यस्तै वार्तापछि संचार माध्यमसंग कुराकानी गर्दै प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले २२ सूत्रीय मागका विषयमा कुरा राखेको, धर्म निरपेक्षता खारेजी, गोलमेच सम्मेलनजस्ता नीतिगत विषयमा पुनः छलफल गर्ने सहमति भएको जानकारी दिए ।
अर्को बैठकको मिति नतोके पनि ५र६ दिनमा बस्ने उनको भनाई थियो ।
वार्तामा राप्रपाको तर्फबाट पार्टीका वरिष्ठ नेता दिपक बोहराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा थिए भने सरकारको तर्फबाट कानुन न्याय तथा संसदिय व्यवस्था मन्त्री भानुभक्त ढकाल लगायतको उपस्थिति रहेको थियो ।
सरकारसँगको वार्तापछि राप्रपाले आन्दोलनको कार्यक्रम स्थगित गरेको छ ।