१० मंसिर २०८१, सोमबार
स्पेनिस ला लिगाको बार्सिलोना उपाधिको नजिक पुगेको छ ।
मंगलबार राति भएको खेलमा डिर्पोटिभो आल्भेसलाई २–० ले पराजित गर्दै बार्सिलोना उपाधि नजिक पुगेको हो ।
बार्सिलोनाका लागि कार्लेस एरिना र लुईस स्वारेजले एक एक गोल गरे ।
खेलको ५४ औं मिनेटमा एरिनाले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ६० औं मिनेटमा पेनाल्टीमा स्वारेजले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।
जितसँगै बार्सिलोनाको ३४ खेलबाट ८० अंक पुगेको छ । एक खेल कम खेलेको एट्लेटिकोको ६८ तथा रियलको ६४ अंक छ । आल्भेस ४६ अंकसहित आठौं स्थानमा छ ।
बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिकोसँग १२ अंकको अग्रता लिएको छ ।
लिगमा मात्र पाँच चरणको खेलमात्र बाँकी छ ।