१० मंसिर २०८१, सोमबार
एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
बुधबार थाइल्याण्डको चियाङमाईमा भएको खेलमा मलेसियालाई ३९ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको मलेसियाले ३३ ओभर २ बलमा अलआउट हुँदै १०२ रन बनायो ।
मलेसियाका लागि सार्भिन सुरेद्रनले अविजित रहदै सर्वाधिक ४६, अमहेद अस्यार्फले १७, किशन कुमारले ११ रन बनाए ।
नेपालका रमेश कुर्मी, तिलक राज भण्डारी र प्रसान्त महतले २र२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पुरै ३४ ओभर ५ बलमा अलआउट हुँदै १४१ रन बनाएको थियो ।
नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ३४, विशाल बिक्रम केसीले २८, दिपक बोहोरा र अर्जुन कुमालले समान १६र१६ रन जोड्दा सुवास ऐरले ११ रन बनाए ।
मलेसियाका लागि सिद्धार्थ कार्तिकले ४ तथा लुकम्यान नुर हाकिम सहरले २ विकेट लिए ।
जितसंगै समूह एु मा रहेको नेपालले २ खेलबाट ४ अंक जोडेको छ । र, नेपाल सेमिफाइनल नजिक पुगेको छ ।