१० मंसिर २०८१, सोमबार
थाइल्याण्डमा जारी एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा आज नेपालले आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ ।
थाइल्याण्डको चियाङमाईमा थाइल्याण्डविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । थाइल्याण्डले सुरुवातमा बलिङ गर्नेछ ।
सुरुवाती दुई खेलमा जित निकालेको नेपालले समूह चरणको अन्तिम खेलमा आयोजक थाइल्याण्डसँग खेल्न लागेको हो ।
पहिलो खेलमा म्यानमारलाई ७ विकेटले र दोस्रो खेलमा मलेसियालाई ३९ रनले पराजित गरी नेपाल समूह ए को शीर्ष स्थानमा छ ।
नेपालको तेस्रो जित निकाल्दै समूह विजेताको रुपमा सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ भने थाइल्याण्ड नेपाललाई रोक्दै सेमिफाइनल यात्रा तय गर्न चाहन्छ ।
समूह ए मा नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ । मलेसियाको पनि ४ अंक रहेर दोस्रो स्थानमा छ । यस्तै २ अंक जोडेको आयोजक थाइल्याण्ड तेस्रो र म्यानमार अंकविहीन रहँदै पुछारमा छ ।