नेपालले दियो थाइल्याण्डलाई २३५ रनको लक्ष्य

होमल्याण्ड खबर

२०७६ बैशाख १२ गते, बिहीबार १२:३८ मा प्रकाशित

थाइल्याण्डमा जारी एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई जितका लागि २३५ रनको लक्ष्य दिएको छ ।

थाइल्याण्डको चियाङमाईमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आयोजक थाइल्याण्डलाई जितका लागि २३५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

पहिले ब्याटिङ गरेको नेपालले पुरै ३५ ओभर खेल्दै ७ विकेट गुमाएर २३४ रन बनायो ।

नेपालका लागि आशिस भट्टराईले ५८, बिशाल बिक्रम केसीले ३८, दिपक बोहराले ३५, बिशाल कुमार पटेलले अविजित २८ र निखिल कुमार सिंहले अविजित २२ रन बनाए ।

थाइल्याण्डका नारावेट नुन्ताराजले ३ तथा योड्साक सारानोननाकुनले २ विकेट लिए ।