यू–१६ इस्टर्न रिजनः नेपाल र थाइल्याण्डबीचको खेल रद्द

होमल्याण्ड खबर

२०७६ बैशाख १२ गते, बिहीबार १४:३५ मा प्रकाशित

थाइल्याण्डमा जारी एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र थाइल्याण्डबीचको खेल रद्द भएको छ ।

थाइल्याण्डको चियाङमाईमा चट्याङसहितको वर्षा भएपछि नेपाल र थाइल्याण्डबीच भएको समूह चरणको अन्तिम खेल रद्द भएको हो ।

नेपालले थाइल्याण्डलाई दिएको २३५ रनको फराकिलो लक्ष्यसहित आयोजक थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहदा बर्षा भएपछि खेल रोकिएको हो ।

खेल बर्षाले रोकिनु अघि थाइल्याण्डले १ ओभर ५ बलमा १ विकेट गुमाएर रन जोड्न सकेको थिएन् । नेपालका प्रसान्त महतले थाइल्याण्डले चावात्रीचाईलाई सुन्य रनमा आउट गरेका थिए ।

खेल नतिजाविहीन बनेसंगै नेपाल र थाइल्याण्डले १/१ अंक बाडेका छन् ।