संघीय संसद्को चौथो बजेट अधिवेशन आजदेखि सुरु

होमल्याण्ड खबर

२०७६ बैशाख १६ गते, सोमबार १०:१० मा प्रकाशित

सङ्घीय संसद्को चौथो बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ। मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ४ बजे अधिवेशन आह्वान गरेकी हुन्।

अधिवेशन सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस, बजेट प्रस्तुत तथा संविधान कार्यान्वयनका कानुन निर्माणमा केन्द्रित हुने बताइएको छ।

चालु अधिवेशन सरकारका वार्षिक कार्यक्रम र कानुन निर्माणमा केन्द्रित हुने प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जानकारी दिएका छन् ।

विचाराधीन विधेयकलाई प्राथमिकताका आधारमा अगाडि बढाइने र प्रश्नोत्तर तथा विभिन्न प्रस्तावमा छलफल पनि निरन्तर अगाडि बढाइने बताइएको छ।